जिल्लाबाट
रोल्पामा सडक खण्ड अलपत्र
रोल्पा, १८ भदौ । रोल्पाको सुलिचौर उवा थवाङ सडकखण्ड विगत १५ दिनदेखी अवरुद्ध भएको छ । फगामको रिजा र जैमाकसला गाविसको विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ पूर्वी रोल्पाको २१ गाबिस र रुकुम जिल्लाको ७ गाविस गरी २९ गाविसका बासिन्दा मर्कामा परेका छन् ।
जिटिजेड नामक संस्थाले २०६१ [...]
पहिरोमा एक घर बग्यो, आधा दर्जन घर जोखिममा
सिन्धुपाल्चोक १७ भदौ । सिन्धुपाल्चोक जिल्लाको इचोक गाविस वडा नम्बर ३ मा अविरल वर्षासँगै आएकॊे पहिराले गएराति एक घर बगाएको छ ।
घरमाथिबाट आएको पहिरोले शिवप्रसाद गुरागाँईको घर बगाएको प्रहरीले जनाएको छ । पहिरोले घरभित्र रहेका सबै सामान बगाएको छ । पहिरोकै कारण ध्रुव गुरागाँई केदार गुरागाँई टीका कुमारी गुरागाँई दुर्गाप्रसाद गुरागाँई नुनप्रसाद गुरागाँइ र बले [...]
सुरक्षा बारेमा छलफल गर्न सभासदहरु जनकपुरमा
जनकपुर १७ भदौ । राष्ट्रिय सुरक्षा नीति बनाउने सन्दर्भमा राय सुझाव लिन संविधान सभाका सदस्य सहितको सुरक्षासंग सम्बद्ध विज्ञहरुको टोली जिल्ला जिल्लाको दौडाहामा गएका छन् ।
एकीकृत नेकपा माओवादीका सभासद भरत साह सहितको सभासदहरुको टोलीले आज जनकपुरका सुरक्षा अधिकारीसंग छलफल गरेका छन् । टोलीले नेपालको सुरक्षा नीति तयार पार्ने सन्दर्भमा अन्य पक्षसंग पनि छलफल गर्ने कार्यक्रम [...]








