नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगको अन्तिम खेलमा ३ विकेट लिएका छन्।

टस जितेर पहिले बलिङ गरेको मोन्ट्रेल टाइगर्सका लागि सन्दिपले वेष्टइन्डिज ‘बी’ विरूद्ध ३ विकेट लिएका हुन्।

क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिग अन्तर्गत मंगलबार भइरहेको  खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर ३ विकेट लिएका हुन्।

पहिले ब्याटिङ गरेको वेष्टइन्डिज बीले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६२ रन बनायो।

सन्दिपले वेष्टइन्डिजका तीन ठूला ब्याट्समेनलाई आउट बनाए। सर्वाधिक ६२ रन बनाएका सामिर स्प्रिङ्गरलाई सन्दिपले वर्करको हातबाट क्याच गराए।

यस्तै २३ रन बनाएका एबि किङ्सलाई पनि लामिछानेले बोल्ड आउट बनाए।

निकोलाश पुरानलाई २५ रनमा वर्करकै हातबाट क्याच आउट गराए।

टाइगर्सका लागि क्यानेडियन सेसिल परवेजले २ तथा हेलिगर र मालिङ्गाले १-१ विकेट लिए।

जारी प्रतियोगितामा यो सन्दीपको आठौं विकेट हो।

सन्दीपले खेलेको अघिल्ला चार खेलमा खेलमा ५ विकेट लिएका थिए।

सन्दीपले तेस्रो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए। डेब्यु खेलमा भने सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए। तेस्रो खेलमा पनि सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए।

यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए ।  भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here