काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लाग सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थोपचारका लागि पत्नी डा. आरजु राणा देउवाका साथ बुधबार दिउँसो सिंगापुर प्रस्थान गरेका हुन् ।

सभापति देउवाले सिंगापुरमा पेट सम्बन्धि रोगको उपचार गराउने उनका सहयोगी भानु देउवाले जानकारी दिएका छन् । ‘‘पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जानुभएको हो,’’ स्वकीय सचिव देउवाले भने ।
तर पेटमा कस्तो समस्या हो भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन ।

उनका अनुसार उपचारका क्रममा कति समय सिंगापुर बस्ने भन्ने बारेमा उता पुगेपछि मात्र टुंगो लाग्नेछ । साउन ६ गते नै सिंगापुर जाने भनिए पनि डा. गोविन्द केसीको अनसन र कांग्रेसले जारी राखेको सरकार विरोधी आन्दोलनका कारण देउवाले भ्रमण स्थगित गरेका थिए । सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार हुने बताइएको छ । यसअघि पनि देउवाले सोही अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका थिए ।

नेपालमा पेटसम्बन्धी सबै रोगको उपचार हुने भए पनि नेताहरु भने विदेशमै उपचार गराउन जाने गरेका छन् । वीर अस्पतालका निर्देशक तथा डा. भुपेन्द्र बस्नेत भन्छन्,“मानिसमा पेटसम्बन्धी जति पनि रोगहरु छन् सबैको उपचार नेपालकै अस्पतालमा सम्भव हुन्छ ।

केहिवर्ष पहिले नेपालमा व्याप्त उपकरण जनशक्तिको अभाव थियो र उपचारका लागि बिरामीलाई बाहिर जानुहोस नेपालमा सम्भव छैनन् भन्थ्यौ  । तर अहिले पेटसम्बन्धी रोगहरुको सबै उपचारका लागि आवश्यक मेसिन उपकरण नेपालमा आईसकेका छन् ।”
डा. बस्नेतले भन्छन्, “विदेश गएर उपचार गर्ने एउटा फेसन भएको हो  । विदेशमा हुने पेटसम्बन्धी सबै उपचार यहि नेपालमै हुन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here