काठमाडौं — आजको युगमा अपराधीलाई सजाय दिनका लागि कारागारमा राखिन्छ । कुनै कुनै देशमा जघन्य अपराधका लागि मृत्युदण्डको विधान छ ।

तर पहिलेको जमानामा अपराधी तथा शत्रुदेशका मानिसलाई कठोर यातना दिएर सजाय दिइन्थ्यो । यसका बारेमा पढ्दा मुटु नै थरर्र काँप्छ ।

विभिन्न देशमा सजायका तरिका फरक थिए ।


चीनमा अपराधीलाई नांगै पल्टाएर बाँधिन्थ्यो र उसको पेटमाथि मुसाहरूले भरिएको पिँध नभएको एक पिंजरा राख्न्थ्यिो । पिंजरामाथि तात्तातो अँगार राखिन्थ्यो । मुसाहरू गर्मीबाट बच्नका लागि ठाउँ खोज्दै जान्थे र व्यक्तिको पेट फोरिदिन्थ्यो ।


मध्यकालमा कुनै व्यक्तिलाई यातना दिनका लागि दुवै खुट्टाबाट उल्टो झुण्ड्याएर राखिन्थ्यो । त्यसो हुँदा अपराधीको शरीरको सबै रगत टाउकोमा जम्मा हुन्थ्यो । त्यसपछि अपराधीको शरीरलाई बीच भागबाट काटिन्थ्यो ।


प्राचीन बेलायतमा अपराधीको छाला काढिन्थ्यो । उसको छाला काढेर दोबाटोमा झुण्ड्याइन्थ्यो । छाला काढ्दाखेरी नै पीडाले गर्दा अपराधीको मृत्यु हुन्थ्यो ।


ग्रीसमा अपराधीलाई नांगै पारेर डुंगामा बाँधिन्थ्यो । त्यसपछि उसलाई जबर्जस्ती दूध र मह पियाएर जंगलको बीचबाट बग्ने नदीमा छोडिन्थ्यो ।


चीनमा धारिलो चक्कुले बिस्तारै अपराधीको शरीरमा सानो सानो घाउ बनाइन्थ्यो र तड्पाई तड्पाई मासु निकालिन्थ्यो । डेथ विथ अ थाउजेन्ड कट्स नामक यो सजाय अपराधी नमरुन्जेलसम्म दिइन्थ्यो । यस अवधिमा अपराधीलाई दया गरेर अफिम खुवाइन्थ्यो ।


जर्मनीमा एकताका द ब्रेकिङ ह्वील सजायको प्रचलन थियो । अपराधीलाई विशाल चक्कामा बाँधेर घुमाइन्थ्यो अनि उसको शरीरका हड्डीहरू नभाँचिउन्जेलसम्म हतौडाले हिर्काइन्थ्यो ।

एजेन्सी

Loading...

Leave a Reply