काठमाडौं । दसैंको अवसरमा अमेरिकाकोह्यूस्टन (टेक्सास) मा बसोबास गर्ने नेपाली तराई समुदायलाई समेटेर डा. कौशल झाको नेत्रित्वमा नेपाली तराइ समुदाय अमेरिका, ग्रेटर ह्यूस्टन (टेक्सास )शाखाको गठन  गरिएको  छ । संस्थाले दिएको जानकारीअनुसार  ह्यूस्टन र यसको आसपासमा बस्ने पचास भन्दा बढीको सहभागिता रहेको थियो।

नवगठित नेपाली तराई समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराई इन अमेरिका), ग्रेटर ह्युस्टन शाखाको कार्यसमिती यसप्रकार रहेको छ –

अध्यक्ष डा. कौशल झा,  उपाध्यक्ष जयराम मण्डल, महासचिव अरुण चौधरी, कोषाध्यक्ष विश्वबन्धु लाल कर्ण रहेका छन् । यसैगरी सदस्यहरूमा अमिलाल यादव, धनबहादुर महतो,  धनन्जय शर्मा,  ममता कर्ण शर्मा, प्रमोद झा, डा. राज यादव, राजन अधिकारी, सुधीर झा,  उषा झा,  विशाल सिंह रहेका छन् । संस्थाका सल्लाहकारमा रतन झा,  डा. रुपक रौनियार, डा. ममता सिंह, डा. राम लखन राय र डा. विजय कुमार झा रहेका छन् ।

Leave a Reply