भक्तपुर । “घर मेरो सिन्धुली धुरा गाउँ घुम्नलाई आएको तेमाल गाउँ” भन्ने नयाँ गीतका साथ नेपाली सांगीतिक दुनियाँमा प्रकाश तामाङ प्रवेश गरेका छन् ।

मोडलिङवाट नेपाली कलाकारीतामा प्रवेश गरेका तामाङले आफ्नो नयाँ गीतका साथ नेपाली सांगीतिक दुनियाँमा प्रवेश गरेका छन् ।


शुभलाल वाईबा तामाङ र आमा सानुमाया तामाङकी कोखबाट सिन्धुली धुरा गाउँमा जन्मिनु भएको प्रकास तामाङ नेपाली लोकगीतबाट आफ्नो सांगीतिक यात्रा प्ररदेशीको कथा गीतबाट पहिलोपल्ट २०७२ सालबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।
सर्व सम्मत म्युजिक प्रा.लि.मार्फत प्रकास क्षेत्री को सहयोगमा सांगीतिक दुनियाँमा प्रवेश गरेका तामाङले दर्जनभन्दा बढि गितहरुमा मोडलका रुपमा अभियान गरिसकेका छन् ।

निम्न माध्यम वर्गमा जन्मिएका गायक तामाङले आफुले दुःख गरेर निरन्तर रुपले कलाकारिता क्षेत्रलाई आफ्नो पेशाका रुपमा अंगाल्दै नेपाली लोकसेलो साथै तामाङ सेलो र तामाङ गीतहरु धमाधम रेकर्डिङ गरिरहेका छन् ।

Loading...

Leave a Reply