एजेन्सी । एसियन क्रिकेट काउन्सीलले एसिया कप—२०१८ को क्वालिफाएर खेलको तालिका सार्वजनिक गरेको छ । एसिया कप क्वालिफाएर खेल मलेसियामा अगस्ट २७ देखि सुरु हुने भएको छ । क्वालिफाएर खेल अगस्ट २७ मा सुरु भएर ७ सेप्टेम्बरसम्म चल्ने एसीसीले जानकारी दिएको छ । क्वालिफाएर खेलमा टेष्ट खेल्ने राष्ट्र बाहेकका उत्कृष्ट राष्ट्रले खेल्नेछन् ।

उक्त खेलमा  नेपालसहित युएई, हङकङ, मलेसिया, सिंगापुर र ओमान छन् । राउण्ड रोविन लिगपछि यस प्रतियोगिताको विजेता युएईमा हुने एसिया कप खेल्नेछ । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान हुनेछन् ।

एसिया कप क्वालिफायरको विजेता एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । एसिया कप सेप्टेम्वर १५ देखि २८ सम्म युएईको दुबई र अबुधावीमा हुनेछ ।

Loading...

2 COMMENTS

Leave a Reply