मध्यपुर थिमी
मध्यपुर थिमी  मिलरोड ८ भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले जुनियर गायन प्रतियोगिता सम्पन्न गर्‍यो ।विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मका ५६ जना विद्यार्थीले सहभागिता जनाए थिए ।
विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न नेपाली सुमधुर गीतहरू गाएर विद्यालयलाई संगीतमय बनाए। संगीत गुरु यज्ञ राई र शिक्षक दयाराम खत्रीको निर्णायक भूमिका रहेको
प्रतियोगितामा सहभागी विद्यार्थीहरु मध्ये कक्षा ५ मा अध्ययनरत छात्र सलिस गुभाजु पहिलो,कक्षा ४ मा अध्ययनरत छात्रा इन्दु बस्नेत दोश्रो कक्षा ५ मा अध्ययनरत छात्रा प्रशंसा अवाल तेस्रो तथा कक्षा २ मा अध्ययनरत छात्र  डेनिस लामा सान्त्वना हुन सफल भए ।
विजयी विद्यार्थीलाई पुरस्कार स्वरुप शिल्ड तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराई ले विद्यालयमा संगीतको महत्त्व बारेमा प्रकाश पार्नु भयो ।

Loading...

Leave a Reply