मध्यपुर थिमि – सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरेर गरिबी निवारणको माध्यम बन्नुपर्ने बताउनु भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा अवस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री अर्यालले उक्त विचार व्यक्त गर्नुभएको हो ।

मन्त्री अर्यालले व्यक्ति पुँजी खर्च नगरेमा धनी बन्ने तर राज्य पूँजी खर्च गरेर धनी बन्ने तर्क गर्दै सहकारी संस्थाले अर्गानिक कृषि, पर्यटन र ऊर्जामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले सहकारीले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको उदाहरण सहित सामाजिक सद्भाव कायम गर्दै सहकार्य एवं सहमतिका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै गत जेठ महिनामा ३ करोड १ लाख ५५ हजार ६ सय रुपैयामा संस्थाले घर सहितको जग्गा खरिद गरेको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले कुल शेयर सदस्य २८ सय ७९ जना र शेयर पुँजी २ करोड ५७ लाख २५ हजार पु¥याएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा ८७ लाख ८८ हजार ४५ रुपैया खुद बचत भएको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले सामाजिक जनउत्तरदायित्व अन्तर्गतका कार्यलाई पनि निरन्तरता दिएको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भ¤राई, मथिनपा वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष महेश श्रेष्ठ, स्फेकका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले शंखधर साकोसले शेयर सदस्यहरुको हितमा पु¥याएको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक लक्ष्मीभक्त (राजु) श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु लक्ष्मण सुन्दर श्रेष्ठ र देवीमाया श्रेष्ठलाई सम्मान गरियो ।

शंखधर शैक्षिक सम्मान, उत्कृष्ट आवधिक बचत, नियमित बचत, बाल बचतलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा मध्यपुर थिमि क्षेत्रमा सञ्चालिक बेग्लाबेग्लै ५ वटा भजन समूहलाई अक्षयकोषका लागि प्रति समूह ५० हजार रुपैया नगदको व्यवस्था गरिएको जानकारी दिइयोे । त्यसैगरी आदर्श मावि लाय्कु र बालप्रेमी मावि सुंगाटोलमा अध्ययनरत छात्रछात्रालाई पनि छात्रवृत्ति सहित सम्मान गरियो ।

संस्थाका सचिव केशवमान श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त ११ औं वार्षिक साधारणसभामा उपाध्यक्ष सत्यसुन्दर श्रेष्ठले शंखधर साकोसले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, शिक्षा सम्मानदेखि संस्कृति संरक्षणमा पनि निरन्तर सहयोग गरिरहेको जानकारी सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Loading...

Leave a Reply