नक्कली बिरामीलाई दैनिक एक हजार

पाल्पा।लुम्बिनी मेडिकल कलेज पाल्पाले वार्षिक मूल्यांकनमा आएको टोलीलाई झुक्याउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको भेटिएको छ । विगत वर्षमा जस्तै अनुगमनको समयमा भाडाका बिरामीले अस्पताल भरेर प्रभावित पार्ने कार्य दोहो¥याएको भेटिएको हो । काठमाडांै विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको चार सदस्यीय अनुगमन टोलीले दुई दिनसम्म कलेजको अनुगमन गरेको थियो ।
काठमाडौंबाट आएको टोलीले ६ र ७ भदौमा गरेको अनुगमनका क्रममा कलेजले बिरामीको संख्या बढी देखाउन गाउँगाउँबाट भाडाका बिरामी ल्याएको भेटिएको स्रोतको दाबी छ ।
टोलीको प्रतिवेदनका आधारमा कलेजले पढाउन पाउने एमबीबीएस र एमडीको विद्यार्थी संख्या र विशेषज्ञ सेवा सञ्चालन कटौतीसमेत हुन सक्ने भएकाले कलेजले यस्तो गरेको हो । बिरामी संख्या र चाप, भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र गुणस्तरलगायतका विषय अनुगमनमा हेर्ने गर्छ ।

भाडामा ल्याउनुपर्ने अवस्थामा छैनौं : अस्पताल
नक्कली बिरामीलाई दैनिक एक हजार
अनुगमनबाट जोगिन नक्कली भर्ना
भाडाका बिरामी खोज्न स्थानीय अगुवा परिचालन

कलेजले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका र माथागढी गाउँपालिकाबाट कर्मचारीमार्फत भाडामा बिरामी ल्याएर दुई दिनसम्म कलेजले सञ्चालन गरेको अस्पतालमा राखेको स्रोतले जनाएको छ । केहीलाई एक दिन भर्ना गरेर राखियो भने केहीलाई ओपीडीमा उपचार गरेर घर पठाइएको थियो ।
कलेजले भाडामा ल्याएका नक्कली बिरामीलाई दैनिक मासुसहितको खाना, खाजा र ५ सयदेखि १ हजार रुपैयाँसम्म ज्याला र यातायातको सुविधा दिएको बिरामीका रूपमा अस्पताल पुगेकाहरुले बताएका छन् ।

तर कलेजले भने अनुगमनका बेला भाडामा बिरामी ल्याएको भन्ने विषयलाई अस्वीकार गरेको छ । उसले अनुगमनको पूर्व सूचना नहुने र ७ सयभन्दा बढी बिरामी भएकाले भाडामा ल्याउनुपर्ने आवश्यकता नरहेको बताएको छ ।
‘कलेजको नियमित अनुगमन हो र अनुगमनको पूर्व सूचना हुँदैन, दैनिक ७ सयभन्दा बढी बिरामी उपचारमा आउने गरेका छन् । त्यसैले, भाडामै बिरामी ल्याउनुपर्ने अवस्था छैन,’ कलेजका प्रशासकीय अधिकृत कृष्णप्रसाद पराजुलीले भने ।
कलेजले निःशुल्क स्वास्थ्य उपचार र विशेषज्ञ शिविर चलेको भन्दै झुक्याएर बिरामी ल्याउने गरेको स्थानीयको आरोप छ । भाडाका बिरामी ल्याउन सामाजिक सेवा युनिट शाखा स्थापना गरिएको छ भने स्थानीय अगुवाहरु परिचालन र रोजगारीसमेत दिएको छ ।

अनुगमन टोलीले बिरामी संख्यासँगै कलेजको शøया संख्या, सञ्चालित विशेषज्ञ सेवा, उपलब्ध चिकित्सक र प्राध्यापक, सञ्चालित उपकरणहरु र भौतिक पूर्वाधारको अवलोकन नगरी प्रतिवेदन दिने चलन छ । हरेक वर्ष असारदेखि भदौ महिनाबीचमा गरिने अनुगमनले कलेजले दिँदै आएको सेवा र पढाउन पाएको विद्यार्थी संख्या निर्धारण गर्छ ।
स्रोतका अनुसार अनुगमन टोलीले पूर्व सूचना दिने र उनीहरुकै अप्रत्यक्ष सहमतिमै यस्तो कार्य हुने गरेको छ । कलेजमा ५३५ बेड छन् भने नर्सिङदेखि एमडीसम्म पढाइ हुने गरेको छ ।

Loading...

Leave a Reply