काठमाडौं । भक्तपुरमै पहिलो पटक भएको कर्पाेरेट फुटसल प्रतियोगितामा भक्तपुर हेल्थ कर्नर प्रथम भएको छ । विभिन्न संघसंस्था तथा कर्पाेरेट अफिसहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फष्ट रनर अप द अटोमोवाइल्स र सेकेण्ड रनर अप गोर्खा इको प्यानल भए ।
प्रतियोगितामा पाँंच वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा १० वटा गेम भएको थियो । लिग चरणको आधारमा खेल खेलाइएको थियो । एउटा टोलीबाट पाँंचपाँंच जना खेलाडीहरु सहभागी भएको प्रतियोगिताको एउटा गेम १५ पन्ध्र मिनेट भएको थियो ।
विजयीहरुलाई हास्यकलाकार सन्दीप क्षेत्रीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । विजयीहरुलाई शिल्ड, टफी, कप प्रदान गरिएको थियो ।

Loading...

Leave a Reply