काठमाडौँ, संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

 

अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ । नेता नेपाल यही भदौ २० गते स्वदेश फर्कनुहुनेछ ।

Leave a Reply