काठमाण्डौं– २३ औं तामाङ चलचित्र प्रदर्शन दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

तामाङ चलचित्र संघको आयोजनामा शुक्रवार नेपाल टुरिजम वोर्डमा प्रदर्शन दिवस भब्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा तामाङ चलचित्रका कलाकारहरु सम्मान गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सम्मानित हुने कलाकारहरुमा नायक कुमार मोक्तान, नायिका सुकु मोक्तान, खलनायक विकु थोकर, निर्देशक अमिर दोङ रहनु भएको थियो ।

यस्तै निर्मात्री मंगलीमाया स्याङतान, संगीतकार विशाल काल्तान र चलचित्र पत्रकार जयनकुमार मोक्तानलाई पनि संघले सम्मान गरेको थियो । २०५२ सालमा निर्मीत “सेम्री छोरङान” लाई आधार मानेर संघले प्रत्यक बर्ष प्रदर्शन दिवस मनाउँदै आएको छ ।


प्रर्दशनी दिवसका अवसरमा तामाङ कलाकारहरु , आदिवासी चलचित्र महासंघका अध्यक्षको प्रमुख आतिथ्यतामा , नेपाल तामाङ घेदुङ केन्दिय महासचिवको बिशेष अतिथि, बिशिस्ट अतिथिमा बरिस्ठ कलाकार जयनन्द लामा तथा तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङको सभापतित्वमा सम्पन्न भएको हो । 

हाल सम्मा १ सय ४० को हाराहारीमा तामाङ चलचित्र निर्माण भई प्रर्दशन भई सकेका छन् ।

Loading...

Leave a Reply