६९ वर्षका भइसकेका हलिउड अभिनेता रिचर्ड गेरेलाई रोमान्टिक स्टारको रुपमा संसारभर चिनिन्छ । रिचर्ड गेरेको आज जन्मदिन हो । उनको जन्म अमेरिकाको फिलाडेल्फियामा ३१ अगष्ट १९४९ मा भएको थियो । फिल्ममा आउनुभन्दा पहिले रिचर्ड थिएटरमा काम गर्थे । उनको डेब्यू फिल्म ‘लुकिङ फर मिस्टर गुडबार’ थियो जो १९७७ मा रिलिज भएको थियो । रिचर्डलाई भारतमा उनका फिल्मका अलावा उनको किसको विवादका कारण पनि चिनिन्छ ।

यो घटना अप्रिल २००७ को हो । त्यतिबेला रिचर्ड एड्ससम्बनिध जागरुकताका लागि भारतको राजस्थान जयपुरमा आएका थिए । यो कार्यक्रममा शिल्पा शेट्टी र रिचर्ड अतिथिको रुपमा पुगेका थिए । कार्यक्रम चल्दै गर्दा शिल्पा रिचर्डको हात समातेर मञ्चमा पुगिन् र केही बोल्न लागिन् । त्यही बेला रिचर्डले शिल्पाको हात समाते र हातमा किस गरे । त्यसपछि उनले शिल्पालाई जबरजस्ती समातेर उनको गालामा किस गर्न थाले ।

अचानक भएको यो घटनाले शिल्पा पनि चकित परिन् र घटनालाई सम्हाल्ने कोसिस गर्न थालिन् । रिचर्डको यस किसिमको व्यवहारपछि उनको ठूलो विरोध भयो । रिचर्डले यही कारण सार्वजनिक रुपमा माफी माग्नुपरेको थियो । यो घटनामा रिचर्ड र शिल्पाविरुद्ध अश्लीलताको आरोपमा अदालतमा मुद्दासमेत परेको थियो । अदालतले भने यसलाई सस्तो लोकप्रियता पाउने कोसिस भन्दै मुद्दा खारेज गरेको थियो ।

Leave a Reply