काठमाडौं- मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपाल टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दैछ। यसअघि भएका ४ खेलमा २ मात्र जित निकालेको नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेलेको हो।

अंक तालिकामा चौथो स्थानमा छ नेपाल। हङकङ २ जित र एक हारका साथ तेस्रो स्थानमा छ। नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएर्इ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाई समेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ। ४ खेलमध्ये ३ मा जितका साथ ओमान अंक तालिकाको शीर्ष स्थानमा छ। ४ खेलमध्ये ३ मा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ।

मलेसिया र सिङ्गापुर भने फाइनल पुग्ने होडबाट बाहिरिइसकेका छन्।

एसिया कपमा छनोट हुन नेपालले हङकङलाई जित्नैपर्नेछ भने अन्य टिमको खेल नतिजाले पनि नेपालको अगाडिको बाटो तय गर्नेछ।

Loading...

Leave a Reply