भक्तपुर । मायामा रङ्ग खेलाउँदै नायक सागर घिसिङ र अनुस्का दोङ भन्दा अचम्म लाग्ला तर यो वास्तविकता हो । बिल्कुलै फरक नयाँ म्युजिक भिडियो “खाअी ला ला हो खाअी लाला,सेम न्हाङ माया ङाअी लाला” भन्ने नयाँ तामाङ सेलो म्युजिक भिडियोमा उनीहरुले आफ्नो मायाको रङ्ग खेलाएका हुन् ।
दैनिकजसो नै दर्जनौंको संख्यामा नयाँ नयाँ म्युजिक भिडियोहरु बजारमा आई रहँदा विल्कुलै फरक सैलीमा तामाङ सेलो म्युजिक भिडियो बजारमा ल्याउँदै उनीहरुले चर्चाको शिखर चुम्न सफल भएका हुन् ।
कलाकारीता क्षेत्रमा पहिलो खुड्कीला टेक्दै गरेकी हेलम्बुकी अनुस्का दोङ उक्त म्यूजिक भिडियोमा नायक सागर घिसिङ संग माया साटासाट गर्न सफल भएकी हुन् ।
चर्चित गायक तथा संगितकार विशाल काल्तान र गायिका बिना घालेको स्वर रहेको उक्त सेलोमा तामाङ चलचित्र क्षेत्रमा हाल निकै चर्चामा रहेका चर्चित नायक सागर घिसिङको सशक्त अभिनय रहेको छ । कलाकारीता क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका नायक सागर घिसिङ संग अभिनय गरेकी अनुस्काले आफ्नो पहिलो म्युजिक भिडियो मार्फत आफुले कलाकारीता क्षेत्रमा प्रवेश संगै दर्शकहरुको साथ र माया पाउने पक्का पक्की भएको छ ।

अनुस्का दोङको डेभियु रहेको उक्त म्युजिक भिडियोको निर्देशन अजय स्याङ्तानको हो भने निर्माता सुनिल दोङ रहेको छन् । उक्त गितको संगीत स्वयम बिशाल काल्तानको रहेको छ ।

भिडियो

Leave a Reply