भक्तपुर ।
मिलन थिङले मायामा धोका पाएका छन् । निराञ्जली लामाले मिलनलाई धोका दिएकी हुन् ।
यो बास्तविक जीवनमा भएको घटना भने हैन । गीतको बोल

ह्राङलान गोङमा ल्हेसि ब्रामा
स्यु स्हेर खापा तिल्ता ?
ब्रासी टिपा ङला ग्यामरी
पुजु ह्रोईपा तिल्ता ? ……………

तामाङ सेन्टिमेन्टल गीतका रुपमा ख्याती कमायको उक्त गीत माया प्रेमसंग सम्बन्धित गीत हो ।
साँच्चिकै माया प्रेममा बिछोडिएका पिडाबाट उब्जिएको शब्दलाई संगीतमा उतारिएको उक्त गीत उत्कृष्ठ रहेको छ ।
डम्फू मिडिया प्रालिको प्रस्तुतिमा रहेको उक्त भिडियोमा हाल निकै चर्चामा रहेको चर्चित गायक तथा संगितकार विशाल काल्तानको स्वरमा सजिएको उक्त गीतमा संगीत चन्द्र वाइवा रहेका छ भने शब्द सञ्चारकर्मी सुर्य मोक्तानले रचेका हो।
एरेन्ज स्व। बबिराज घतानी र मिक्सिङ दिपेश प्रधान गरिएको हो।

यस म्युजिक भिडियोेमा मिलन थिङ ९पाराङ० र निराञ्जली लामाले सशक्त अभिनय गरिएका छन् । अतिथि भुमिकामा निर्देशक तथा नायक अमिर दोङ मोडेल सृजना दोङलाई पनि देख्न सकिन्छ । भिडियोलाई नायक आमिर दोङको निर्देशन हो भने क्यामरा बिक्रम मोक्तानले न्याय पुर्ण तरिका खिचेका पाईन्छ ।

Leave a Reply