काठमाडौं । शंखरापुर नगरपालिका ८ साँखुस्थित बन्दी सहायता नेपालद्वारा सञ्चालित विद्यालय जुनकिरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि ललितपुर इमाडोलका महिलाहरुको अनौपचारिक समूह ‘नकि धुकु’ले नगद तथा खाजा वितरण गरेको छ ।

‘नकि धुकु’ का पदाधिकारीले बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगरलाई नगद तथा विद्यार्थीहरुलाई खाजा वितरण गरेका थिए । नकी धुकुकी संस्थापक अध्यक्ष रेनु मास्केका अनुसार जुनकिरी स्कुललाई नगद र खाजा गरि एकलाख रुपैयाँ बराबर सहयोग गरेको हो ।

नकी धुकुले आगामी असोज ३ गते भक्तपुरका मस्कुलर डिस्ट्रोफि वालवालिकालाईसहयोग गर्ने कार्यक्रम राखेको छ ।

Leave a Reply