Nepal Live

काठमाडौं- मल्टिस्टार फिल्म ‘छक्का पञ्जा- ३’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलनका साथ फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सामाजिक कथावस्तुलाई हास्यात्मक शैलीमा प्रस्तुत गरिएको फिल्मको सार्वजनिक ट्रेलरमा बढ्दो शैक्षिक व्यपार र  राजनीतिक, जातीय विभेदलगायतका समस्या प्रस्तुत गरिएको छ। निमार्ण युनिटले फिल्मको ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। फिल्म असोज २४ गते अर्थात् घटस्थापनाका दिनबाट प्रदर्शनीमा आउनेछ यसअघि २ वटा गीत सार्वजनिक गरिसेकेको फिल्म युनिटले फिल्मको प्रदर्शन मिति भने तय गर्न सकेको थिएन।

दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाहलगायतका कलाकारको अभिनय रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको फिल्ममा प्रियंका कार्की, वर्षा शिवाकोटी, संजोग कोइराला, स्वस्तिमा खड्का भने अतिथिकाे भूमिकामा रहेको छन्।

Loading...

Leave a Reply