सञ्जीब दुलाल
काठमाण्डौं । तामाङ चलचित्र संघको १० औं बार्षिक साधारण सभा तथा पाँचौ राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ । चलचित्र विकास वोर्डमा आयोजित कार्यक्रममा कलाकार विकु थोकरलाई अध्यक्षका रुपमा निर्वाचित गर्दै तामाङ चलचित्र संघको महाधिबेशन सम्पन्न भएको छ ।
थोकरको अध्यक्षतामा १९ सदसीय कार्यसमिति चयन गर्दै तामाङ चलचित्र संघको अधिबेसन सम्पन्न भएको थियो ।
आदिवासी चलचित्रहरु उपेक्षामा रहे पनि आफ्नो अलग पहिचानका साथ काम गर्दै आएको तामाङ चलचित्र संघले अरु आदिवासी चलचित्र भन्दा अलि अगाडि रहन सक्नु उल्लेखनीय कुरा भएको आदिवासी चलचित्र संघका अध्यक्ष अमृत वहादुर सुनुवारले बताए ।
आदिवासी चलचित्रमा आफ्नौ मौलिकता हराउँदै गएको प्रति दुःख ब्यक्त गर्दै नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङले आगामी चलचित्रमा भने आदिवासीको आफ्नो मौलिकता झल्कने चलचित्र आउनु पर्ने बताए ।
आफ्नो माटोका विषयमा कुरा उठाउनु पर्ने तथा आफ्नो मौलिकताको संरक्षण गर्दै भाषा साहित्य कला एवं आफ्नो गीत संगीतको संरक्षण गर्दै जानु पर्ने उनको भनाई थियो ।
सांस्कृतिक घेदुङका प्रेम ल्हो ,तामाङ पत्रकार संघका अध्यक्ष विष्णु मोक्तान, नाङला क्लवका अध्यक्ष मिक्साङ वाईवा, तामाङ चलचित्र संघका अध्यक्ष सञ्जीब वाइवा , राष्ट्रिय महाधिवेशन संयोजक लाफा मगर, तेक्वाण्डोका राष्ट्रिय खेलाडी सागर घिसिङ, तामाङ फाउण्डेशनका अध्यक्ष अरुण घिसिङलगाएतका सहभागीले नयाँ बनेको कार्यसमितिलाई सफलताको कामना गरेका थिए ।

Leave a Reply