साकोस प्रतिनिधिहरुका लागि वित्तीय परामर्श तालिम

पूँजीको सहि सदुपयोग गरी वित्तीय अनुशासन कसरी कायम राख्न सकिन्छ भन्ने उद्देश्यसहित आयोजित दुई दिवसिय वित्तीय परामर्श तालिम नेफ्स्कून तालिम केन्द्र चावहिलमा आश्विन १५ गते सम्पन्न भएको छ ।

साकोस सदस्यहरुलाई लक्षित गरी नेफ्स्कूनले आयोजना गरेको उक्त तालिममा ३१ वटा साकोसबाट ३२ साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा साकोसले आफ्ना सदस्यहरुलाई वित्तीय परामर्श र ऋण सम्बन्धी परामर्श कसरी प्रदान गर्ने भन्ने विषयवस्तुहरु समेटिएका थिए ।

तालिममा सहभागी साकोस प्रतिनिधिहरुले प्रशिक्षण पश्चात आफूहरुले सिकेको विषयलाई सदस्यहरु माझ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रशिक्षण नेफ्स्कूनका तालिम अधिकृतद्वय प्रेमनाथ वाग्ले र बल्लभ तिमल्सिनाले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply