नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरबाट आजदेखि सदस्यमैत्री सहकारी सेवा सुचारु

३ नंं. प्रदेशको हेटौंडा–२, मकवानपुरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २२ औं फिल्ड कार्यालय आज (२०७५ आश्विन १७) मकवानपुरमा भव्य समारोहका बीच उद्घाटन भएको छ ।

फिल्ड कार्यालयको उद्घाटन ३ नं. प्रदेशका कृषि, भूमि व्यवस्था ताथा सहकारी मन्त्री दावा दोर्जे लामाले गर्नुभएको थियो । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि लामाले सहकारीहरुले आफ्ना सदस्यहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै अबको सहकारी संस्था उत्पादनमुखी र व्यावसायीक बनाउनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, महासचिव चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष केशवप्रसाद पोख्रेल, लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारी, संघका सञ्चालकहरु क्रमश कृष्ण प्रसाद नेपाल, शान्ती अधिकारी, दिपक पनेरु, नानीकाजी शाक्य, भरत प्रसाद दवाडी, ले.सु.स. सदस्य विपिन शर्मा, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायत राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, बहुउद्देश्यीय सहकारी संघ, कृषि सहकारी संघ, दुग्ध उत्पादन सहकारी संघ, जिल्ला बचत संघ दोलखा, जिल्ला बचत संघ काठमाडौं,  जिल्ला बचत संघ मकवानपुरबाट सहकारी अभियन्ताहरु सहित साकोसकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विगत ३० वर्षदेखि समुदायस्तरमा दीगो सदस्य केन्द्रित वित्तीय सेवा प्रवद्र्धन गर्दै आईरहेको र प्रदेश नं. ३ को सहकारी अभियान र संघीय संरचना अनुरुपको सदस्यमैत्री सेवा विस्तारको क्रमलाई संघले निरन्तरता दिइएको कार्यक्रमका सहभागी बक्ताहरुले बताउनुभएको थियो ।

संघले उक्त फिल्ड कार्यालयबाट मकवानपुर जिल्लामा सञ्चालित सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुलाई अन्तरलगानी सेवा मार्फत बचत तथा ऋणको सेवा, तालिम, शिक्षा तथा संस्थाहरुको दीगो विकासका लागि संघद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रममा आबद्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

Source link

Loading...

Leave a Reply