– हरि श्रेष्ठ
भक्तपुर÷ नेपाल स्काउट, स्थानीय परिषद, मध्यपुर थिमिको भवन निर्माणको लागि ई.जी. पाईनियर स्कुलका प्रिन्सिपल विजेन्द्रलाल ध्वँजुले रु १ लाख ११ हजार १ सय एघार आर्थिक सहयोग गरेका छन् ।
नेपाल स्काउट स्थानीय परिषद मध्यपुरका स्थानीय आयुक्त हरिवहादुर श्रेष्ठलाई चेक हस्तान्तरण गर्नु हुँदै प्रिन्सिपल ध्वँजुले नेपाल स्काउट, मध्यपुर थिमि स्थानीय परिषद् स्थानीय परिषदहरु मध्ये मध्यपुर थिमि स्थानीय परिषद नेपाल मै आफ्नो भवन बनाउन सफल पहिलो स्थानीय परिषद भएकाले स्काउटको विकासमा ठोस योगदान पु¥याउन आफुले सकेको सहयोग गरेको बताउनु भयो ।
ई.जी. पाइनियर स्कुलको स्वार्ण वर्षको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा सगरमाथा आरोहण गरेका स्काउट प्रकाशराज पाण्डेलाई समेत सम्मान गरिएको थियो । पूर्व भक्तपुर जिल्ला शिक्षा अधिकारी नैनसिंह धामी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा श्री धामीले स्काउटले विद्यार्थीहरुलाई अनुशासित र कर्तव्यनिश्त बनाउनु साथै विद्यार्थीको सर्वाङ्गिन बिकास गर्ने भएकाले स्काउटको धेरै महत्व रहको बताउनु हुँदै विद्यालयको विभिन्न क्रियाकलापमा सहभागी भएका स्काउटहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो ।
नेपाल स्काउट, मध्यपुर थिमि स्थानीय आयुक्त हरिवहादुर श्रेष्ठले २०५७ सालमा स्थापना भएको मध्यपुर थिमि, स्थानीय परिषदको भवन निर्माणको लागि यति ठूलो रकम आर्थिक सहयोगले आपूmहरु उत्साहित भएकाले सहयोग गर्नु भएका सम्पूर्णमा धन्यवाद दिनु भयो । त्यसै गरी मध्यपुर थिमिका वरिष्ठ स्काउटर भुवनचरण श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर स्काउट प्रकाशराज पाण्डेले स्काउटको नामलाई सगरमाथासम्म लेखी सबै स्काउटहरुलाई उत्पे्ररणा दिन सफल भएकोमा बढाई तथा शुभकामना व्यक्त गर्नुभयो । स्काउटर दिलकृष्ण प्रजापतिले स्काउट विकासको लागि सबै स्काउटहरु निश्वार्थभावले गर्नु भएको आर्थिक सहयोगले स्काउटिङ्ग इतिहासमा उल्लेखनीय हुने बताउनु भयो । सगरमाथा आरोही प्रकाशराज पाण्डेले सगरमाथा चड्नु भन्दा सगरमाथाबाट सफलतापूर्वक तल झर्नु अझबढि चुनौतिपूर्ण रहेको बताउनु भयो । ई.जी. पाईनियर स्कुलका व्यवस्थापन समितिका अध्यक्ष सुचित्र सैंजुको सभापतित्वमा सञ्चालित सो कार्यक्रमा अन्य गन्यमान्य व्यक्तिहरुको समेत उपस्थिति रहेका थिए ।

Leave a Reply