मध्यपुर थिमि÷ सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाको तेह्रौं साधारण सभा संस्थाका जेष्ठसदस्य मोहनमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको सो साधारण सभामा जेष्ठ सदस्य मोहनमाया श्रेष्ठलाई सहयोगी जेष्ठ सदस्य सम्मान–२०७४ बाट सम्मान गरिएको थियो । त्यसै गरी २०७४ सालको एसईई परीक्षामा सामुदायिक विद्यालयको तर्फबाट बालप्रेमी माध्यमिक विद्यालबाट ३.६५ जिपिए प्राप्त गरेका देववहादुर श्रेष्ठ तथा सहयोगी साकोसका शेयर सदस्यका छोराछारीहरु मध्ये सर्वाेत्कृष्ट ल्याउन सफल शेयर सदस्य रत्नकृष्ण श्रेष्ठका ३.८५ जिपिए ल्याउन सफल सुपुत्र एलिस श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले सहकारीका शेयर सदस्यहरुले सहकारीबाट ऋण लिई आफ्नै व्यवसाय सञ्चालन गरी आर्थिक स्तर उकास्नु पर्ने बताउनु भयो । सहयोगी सहकारीका संस्थापक अध्यक्ष कृष्णचरण श्रेष्ठले जनताहरुको आर्थिक स्तर उच्च भएमात्र देशको आर्थिक स्तर बढ्ने भएकाले सरकारले देश विकासको तीन खम्बे नीतिमा सहकारीलाई समावेस गरेको बताउनु भयो । समाजसेवी कृष्णलाल श्रेष्ठ, जिल्ला सहकारी संघका संचालक विरेन्द्र भक्त प्रधानाङ्ग, शंखधर सहकारीका सञ्चालक सत्यसुन्दर श्रेष्ठ, लेखा परीक्षक रमेशमान मधिकर्मी लगायतका महानुभावहरुले शुभकामना मन्तव्य दिएका थिए भने अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको तर्फबाट सजनी श्रेष्ठले प्रस्तुत गरेको २०७४÷७५ को आर्थिक प्रतिवेदन र २०७५÷७६को अनुमानित आयव्यय अनुमोदन गरेको थियो ।

Leave a Reply