राजधानी कलष्टर प्रथमको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनद्वारा सञ्चालित प्रोबेशन कार्यक्रम अन्तरगत राजधानी क्लष्टर प्रथमको चौधौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला ललितपुर स्थित पद्मावती साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधक सयोगमा असोज २१ गते पद्मावति साकोसको सभाहल ललितपुरमा सम्पन्न भएको छ ।

पद्मावती साकोसको अध्यक्ष नेमवीर शाक्यको अध्यक्षता र नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राजधानी कलष्टर प्रथमका १० ओटा साकोसबाट ४० जनाको सहभागिता रहेको थियो ।

साकोस मार्फत समावेशी आर्थिक विकास र जीवनस्तर परिवर्तनका लागि साकोसहरुको पूर्ण तथा दिगो विकास गराउदै सामाजिक समानता र न्यायका लागि बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिकरणमा रहेको रित्तता पूर्ति गर्दै साकोसको सर्र्वािङ्ण विकासका लागि सफल कार्यक्रमको रुपमा स्थापित भएको कार्यक्रममा यस कलष्टर मार्फत काभ्रेका ३ ललितपुरबाट ३ र काठमाण्डौंका ४ गरी जम्मा १० वटा साकोसहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि पौड्यालले सबै साकोसहरुलाई एउटै नेटवर्कमा ल्याउने र एकरुपता प्रणालीलाई कार्यन्वयनमा ल्याउँदै नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने र अब साकोसहरु विद्युतिय वित्त (Digital Finance) मा जानु पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले अब सम्पूर्ण साकोसहरुलाई प्रोबेशन अथवा CURBS कार्यक्रम अन्तरगत निरन्तर अनुगमनमा राखेर नेपालको सिङ्गो साकोस अभियानलाई गुणस्तरिय र सुशासित बनाउने समय आएको र त्यसका लागि नेफ्स्कूनले कार्य गरिरहेको बताउनुभयो । साथै अहिले देशका सात ओटै प्रदेशहरुमा प्रदेश स्तरिय सहकारी कानुन निर्माणको चरणमा रहेको बेला नेफ्स्कूनले सहकारी मैत्री ऐन निर्माणका लागि सरोकारवालाहरुसँग गोष्ठी तथा छलफल चलाएको कुराको पनि जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष शाक्यले नेफ्स्कूनले सिङ्गो देशले अबलम्बन गरेको तीन खम्बे अर्थनीति मध्ये एउटा खम्बा सहकारी अभियानलाई सफल बनाउनका लागि महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नु भएको थियो ।

Source link

Loading...

Leave a Reply