सुर्खेतमा प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि. को प्राविधिक  सहयोग र समाजकल्याण बचत तथा ऋण सहकारी संस्था लि. विरेन्द्रनगर, सुर्खेतको कोलडाँडामा आयोजित जोखिममा आधारित साकोस सुपरीवेक्षण तथा अनुगमन (Credit Union Risk Based Supervision) कार्यक्रम अन्तरगतको प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशला (PALM) आज सम्पन्न भएको छ ।

आयोजक संस्थाका उपाध्यक्ष बेला बोगटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य एवं प्रदेश नं ६ का संयोजक यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । आयोजक संस्थाका प्रबन्धक गोकर्ण पौडेलले सहजिकरण गर्नुभएको सो कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा CURBS मा आबद्ध सुर्खेत जिल्लाका १३ वटा प्रारम्भिक साकोसका CURBS कार्यदलका संयोजक र व्यवस्थापकको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन सहयोग नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र फिल्ड इन्चार्ज  छत्र प्रसाद धमलाले गर्नुभएको थियो ।

 

Source link

Loading...

Leave a Reply