भक्तपुर बोडेमा सिक्ट्याव तालिम शुरु

कृषिगत बैंकिंङ्गमा अन्तराष्ट्रिय सहकारिता एवं प्रशिक्षण केन्द्र (CICTAB) को ५ दिवसीय तालिम कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्र भक्तपुर बोडेमा आजबाट शुरु भएको छ । तालिम कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका नि. गभर्नर चिन्तामणि सिवाकोटीले गर्नुभएको थियो । तालिम Training on Development of Rural Financial Institutions and Cooperatives सम्बन्धी विषयमा केन्द्रीत थियो ।

कृषि विकास बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा विशिष्ट अतिथि सिक्ट्याब पुने, भारतका निर्देशक डा.के.के. त्रिपाठी, विशेष अतिथिमा सिक्ट्याबका कन्सल्ट्याण्ड डा.डी. रवि र अन्य अतिथिहरुमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक के.बी. उप्रेती, राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक शिव प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका नि. प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । ५ दिनसम्म चल्ने उक्त तालिम कार्यक्रममा सिक्ट्याब भारत र नेपालका बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत विज्ञ व्यक्तित्व एवं स्रोत व्यक्तिहरुद्वारा कार्यपत्र पस्तुत हुनेछन् । तालिममा नेपालस्थित सिक्ट्याव सदस्यता प्राप्त संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सिक्ट्याव भारतले प्रत्येक बर्ष सार्क मुलुक लगायत विभिन्न सदस्य देशहरुमा तालिम सञ्चालन गर्दै आईरहेको छ ।

Source link

Loading...

Leave a Reply