काठमाडौं । हिन्दुहरुको महान चाड वडादशैंको अवसरमा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेका शिक्षक, कर्मचारी र विद्यार्थीलाई रातो टिका, जमरा लगाएरमात्रै नभई सबैलाई पद अनुसारको दक्षिणा दिएर बुधबार दशैंको शुभकामना आदान प्रदान गरिएको छ ।

ट्रिटन स्कुलकी भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले शिक्षक, कर्मचारीदेखि साना विद्यार्थीलाई टिका जमरा लगाएर दक्षिणा दिएर वडादशैंको शुभकामना दिएका थिए । साना विद्यार्थीलाई सहभागी गराई जमरा नौ दिनअघि विद्यालयमा राखिएको थियो ।

यसअघि ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल ट्रिटन कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले श ुभकामना आदान प्रदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

पछिल्लो समय ट्रिटन स्कुल नेपाली चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृतिको संरक्षण र सम्र्वद्धनमा विद्यार्थीहरुलाई व्यवहारिक रुपमा ज्ञान दिँदै त्यस्ता कार्यमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ ।

Leave a Reply