काठमाण्डौ । वडादशैको अवसरमा पिस फिटनेस सेन्टर, पुरानो सिनामंगलको आयोजनामा भएको तेस्रो आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको बुधबार भएको फाइनलमा मेन्स डबल मिक्समा बविन केसी र सर्मिला केसी पहिलो, बिक्रम श्रेष्ठ र लक्ष्मण सुनुवार दोस्रो र सुमन श्रेष्ठ दोस्रो र सरोज सिलवाल तेस्रो भएका थिए ।

त्यस्तै भेट्रान्स डबल्समा नरेन्द्र थापा र सागरमणी श्रेष्ठ पहिलो, दुर्गा भट्टराई र दिपक थापा दोस्रो, मनमोहन कुमार श्रेष्ठ र बिनोद उदास तेस्रो भए ।

बिजेता सबै खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरेका सेन्टरका अध्यक्ष सञ्जय कपालीले जनाए । प्रतियोगिता असोज २२ देखि २४ सम्म भएको हो ।

Leave a Reply