भक्तपुर । नवराज काफ्लेको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय अभिभावक संघ भक्तपुरजिल्ला कार्यसमिति निर्विरोध चयनभएको छ ।
बुधबार भक्तपुरमा सम्पन्न शिक्षा, कानुन, सामाजिक र राजनीति क्षेत्रमा लामो अनुभव संगालेका अभिभावकहरु सम्मिलित तेस्रो जिल्ला सम्मेलनले काफ्लेको अध्यक्षतामा नयाँ कार्यकारी समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षद्वयमा डिल्लीराम गौतम र शरु बानिया,सचिवद्वयमा विनु गोदार थापा र प्रतिक्षा शर्मा, सहसचिवमा उत्तम थापा र कोषाध्यक्षमा जानुका फुयाँल चयन भएका छन् ।
यसैगरि संघका चयन भएका कार्यकारी सदस्यहरुमा मानबहादुर क्षेत्री, धिर्ज बहादुर कायस्थ, मोहन कुमार पौडेल, प्रेमलाल जोशी, चन्द्रप्रसाद अधिकारी, हरिकृष्ण राउत, सुमन खनाल, मञ्जु बराल , हरिकृष्ण रञ्जित, रेनु बस्ताकोटी, बुद्धिलाल महर्जन,पुष्पा पौडेल, रामेश्वर पौडेल,विजय श्रेष्ठ, किरण थापा,निराज पौडेल, उमेश सिंह र संगिता बुढाथोकी छन ।

Leave a Reply