भक्तपुर । भक्तपुरको नंखेलस्थित सरस्वती माध्यमिक विद्यालयले २ रोपनी ७ आना क्षेत्रफल जग्गा पाएको छ । लामो समयदेखि जग्गा अभाव खेपिरहेको सो विद्यालयले स्थानीय जग्गादाताहरु क्रमशः शंकर तामाब र देवबहादुर तामाबले जग्गा उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक परशुराम राईले जानकारी दिए ।
हामीले स्थानीय समाजसेवी शंकर तामाबबाट २ रोपनी, देवबहादुर तामाबबाट ३ आना २ पैसा र अर्का एक स्थानीयबाट ३ आना २ पैसा गरी २ रोपनी ७ आना जग्गा पाएका छौं,’ प्रअ राईले भने, ।
त्यसले भवन बनाउनका लागि हामीलाई ठाउँ उपलब्ध भएको छ ।’ उनले सो जगामा अहिले ८ कोठे भवन बनिरहेको जानकारी दिए ।
सो भवनका लागि जिल्लास्थित पूनर्निर्माण प्राधिकरणबाट रु. १ करोड १४ लाख रकम प्राप्त भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलको दुर्गम भेगमा रहेको काँक्राबारीमा सो भवन बनेपछि अभिभावक, शिक्षक खुसी भएका छन् ।

Leave a Reply