भक्तपुर । नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा नवराज त्रिपाठीको अध्यक्षमा सम्भावना बढेको छ ।
नेविसंघको विद्यार्थी राजनीतिलाई ३२ वर्षिय उमेर हदले बार लगाएपछि कुन्दन काफ्लेको उत्तराधिकारीका रुपमा रहेका उहाँ नै भावी अध्यक्ष हुने सम्भावना बढेर गएको छ ।
विद्यार्थी राजनीतिमा आर्थिक चलखेलको विरोध गर्दै आउनु भइका त्रिपाठी भावी भावी अध्यक्षका योग्य उम्मेद्वार हुनुहुन्छ ।
विद्यार्थी राजनीतिलाई डीजीटलाईज गर्नु पर्छ भन्दै नेपालमा नै पहिलो पटक विद्यार्थी राजनीतिज्ञहरुको डीजीटल मिटिङ गराउनेमा उहाँ डीजीटल कांग्रेसको अभियन्ता पनि रहनु भएको छ ।
छोटो समयमा नै आधुनिक प्रविधि मैत्री भएर राजनीतिलाई अगाडी बढाउनु पर्छ भन्ने विद्यार्थी नेता त्रिपाठी सवैका प्रिय नेता समेत रहनु भएको छ ।
आधुनिक प्रविधिको भरपुर उपयोग गर्दै अवको नयाँ नेतृत्वको विकास गर्नु पर्ने माग राख्दै आउनु भएका उहाँ एक योग्य विद्यार्थी नेता रहनु भएको छ ।

भक्तपुरको दुवाकोट स्थित नेपाल इन्जिनियरिङ कलेज बचाउ अभियानका अभियन्ता एवं नेक प्रालि खारेज गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने त्रिपाठी नेविसंघका नायक नै भन्दा पनि अतियुक्ती नहोला ।
डीजीटल काँग्रेसको अभियन्ताका रुपमा चिनिन उहाँ काभ्रेमा जन्मनु भएको हो भने बारा जिल्लाको सिमरा जितपुरका स्थाई बासिन्दा हुनु हुन्छ । पहाड देखि मधेश सम्मका विद्यार्थीलाई एक गोलवद्द गर्न योग्य रहेका उहाँ ने भावी अध्यक्षहुनु पर्ने विद्यार्थीको पनि माग रहेको छ ।
नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल ईन्जिनियरिङ गर्नुभएका उहाँ सरल स्वाभाव एवं नेतृत्व लिन योग्य रहनु भएको छ ।
विद्यालय शिक्षा देखि नै नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमा सक्रिय उहाँ २०६५ सालको स्ववियू निर्वाचनमा नेपाल इन्जिनियरिङ कलेजका स्ववियू सचिव हाल केन्द्रिय सदस्य एवं पोखरा विश्व विद्यालय संयोजक पनि रहनु भएको छ ।

Loading...

Leave a Reply