भाखा नाघेको ऋण व्यवस्थापन तालिम

बाँके, बर्दिया र सुर्खेत जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको दुई दिवसीय भाखा नाघेको ऋण व्यवस्थापन तालिम आश्विन २२ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य मिना सिग्देलको अध्यक्षता र जिल्ला बचत संघका कार्यबाहक अध्यक्ष प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा नेफ्स्कूनका महिला उप समिति सदस्य विजया धिताल, प्रदेश नं ५ का उपसमिति सदस्य नेत्र प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि प्रकाश ज्ञवालीले नेफस्कूनद्वारा सञ्चालित सम्पूर्ण तालिममा यस क्षेत्रका साकोसहरु सहभागी भई संस्थाको गुणात्मक विकासमा लाग्न आग्रह गर्दै नेफ्स्कूनले प्रदान गर्ने तालिम साकोसमा व्यवहारीक रहेको र सहभागीहरुले तालिम बाट उच्चतम फाईदा लिई यथाशिघ्र कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनुभयो ।

अतिथि विजया धितालले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दीगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कूनमा आवद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो ।

तालिममा बाँके, बर्दिया र सुर्खेतका २२ ओटा साकोसहरु बाट जम्मा ३१ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका तालिम अधिकृत कृष्ण प्रसाद आचार्य र सञ्चालन व्यवस्थापन कर्मचारी यम बहादुर डाँगीले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply