CICTAB तालिम सम्पन्न

कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्र भक्तपुर बोडेमा आश्विन २२ गतेबाट शुरु भएको कृषिगत बैंकिंङ्गमा अन्तराष्ट्रिय सहकारिता एवं प्रशिक्षण केन्द्र (CICTAB) को Training on Development of Rural Financial Institutions and Cooperatives तालिम आज सम्पन्न भएको छ ।

उक्त पाँच दिवसीय तालिम समापन नेपाल राष्ट्र बैंकका नि.कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीको अध्यक्षता र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौंलाको प्रमुख आतिथ्यता भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, SKBLBL का प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोईराला, CICTAB का कन्सल्ट्याण्ड डा.डी. रवि, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ लगायतले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

तालिमका सहभागी प्रतिनिधिहरुलाई प्रमुख अतिथि सिटौलाले तालिम प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Source link

Leave a Reply