दक्षिण कोरियाको सर्वोच्च अदालतले चार कोरियनलाई क्षतिपुर्ती रकम दिन जापानी कम्पनीलाई आदेश दिएको छ । सन् २ हजार १३को सुनुवाईलाई पुनवृत्ति गर्र्दै जापानी कम्पनी निप्पोन स्टिल एण्ड सुमितोमो मेटल कम्पनीलाई जनही ८७ हजार ७ सय डलर क्षतिपुर्ती दिन सर्वोच्चले आदेश दिएको हो । दोश्रो विश्व युद्ध ताका कोरियन प्रायद्धिपमा जापानले शासन गरेको थियो । सो समयमा कोरियनलाई विना तलब र बलपुर्वक श्रम गराएको आरोप निप्पोन कम्पनी माथि लागेको थियो ।

सन् २ हजार ५मा चार कोरियनले क्षतिपुर्ती रकम माग गर्दै निप्पोन स्टिल कम्पनी विरुद्ध सर्वोच्चमा मुद्धा दर्ता गराएका थिए । तर जापानले सन् १९ सय ६५को द्धिपक्षिय सम्झौता अनुरुपमा मुद्धा सल्टाएको भन्दै फैसला बारे जवाफ दिन कोरियन दुतलाई बोलाउने बताएको छ । यस्तै निप्पोन कम्पनीले कोरियन अदालती फैसला दुर्भाग्यपुर्ण भएको प्रतिक्रिया दिएको छ ।
सर्वोच्चको फैसला पछि जापान र कोरियाबीचको सम्बन्ध चिसिने संकेत देखिएको छ ।

Loading...

Leave a Reply