काभ्रे । वृहत विद्यालय सुरक्षा न्यूनतम मापदण्डका विषयमा पत्रकारहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको बनेपामा आयोजित उक्त कार्यक्रममा प्रदेश नम्वर तीनका ७ जिल्लाका पत्रकारहरुलाई विद्यालय सुरक्षामा पत्रकारको भूमिका विषयक अभिमुखिकरण सम्पन्न भएको हो ।

उत्त कार्यक्रममा प्रदेश नम्वर तीनका ७ जिल्लाका ४२ पत्रकारहरुको संलग्नता रहेको उक्त कार्यक्रममा पत्रकारहरुलाई प्रकोप न्यूनिकरण गर्दै कसरी विद्यालय सुरक्षा रणनीति ल्याउन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण दिईएको थियो ।

सामुदायिक विद्यालय महांसघ नेपालको आयोजनामा युनिसेफ , युएस आईडी, एवं राष्ट्रिय प्रकोप जोखिम न्यूनिकरण केन्द्र नेपालको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा भुकम्प प्रभावित जिल्लाका विद्यालय सुरक्षित सम्वन्धी भएका गतिविधीहरुको विषयमा जानकारी दिईएको थियो ।

कार्यक्रममा सहजकर्ता तिवेन्द्र बास्कोटा , गुणराज मुत्तान , शिव उप्रेती , संगिता रिजाल , तोया घिमिरे लगाएतकाले हाल विद्यालय सुरक्षा सम्वन्धी भएका गतिविधीहरुको सम्वन्धमा प्रशिक्षण दिएका सामुदायिक विद्यालय महांसंघ नेपाल प्रदेशन नम्वर ३ का सचिव संगम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालय सुरक्षाका विषयमा पत्रकारलाई नै थाहा भएन भने अरु कसैलाई पनि थाहा हुन्न उनीहरु सन्देशका संवाहक हुन् भन्ने हेतुले नै ७ जिल्लाका पत्रकारहरुलाई यस विषयमा अभिमुखीकरण दिईएको हो ।

Loading...

Leave a Reply