चावहिलमा पर्ल्स अनुगमन प्रणाली तालिम

नेफ्स्कूनको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रममा सहभागी काठमाडौं दोस्रो व्याचका साकोस प्रतिनिधिहरुका लागि त्रि दिवसिय पर्ल्स अनुगमन प्रणाली तालिम संघको तालिम केन्द्र चावहिलमा कात्तिक १८ गते सम्पन्न भएको छ ।

तालिममा जयन्ती साकोस, हिपम साकोस, ऋजु साकोस, शारदा माई साकोस, हाम्रो दहचोक साकोस, चिनारी साकोस, बालकुमारी साकोस, जोरपाटी साकोस र आदर्श भृकुटी साकोस बाट ११ जना पुरुष र ६ जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिम सहजिकरण संघका प्राचर्य सञ्जयराज तिमिल्सिना र बल्लभ तिमिल्सिनाले गर्नुभएको थियो । तालिम समापन समारोहमा तालिमका सहभागीहरुलाई संघका प्रमुख कार्यक्रम अधिकृत शिवजी सापकोटाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply