shramik

ललितपुर । ललितपुर महानगरपालिका वडा नं ९ च्यासलमा रहेको श्री श्रमिक शान्ति माद्यमिक विद्यालयको सामाजिक परिक्षण गरिएको छ ।

२०७२ को भूकम्पपछिको पुननिर्माण र पुर्नस्थापना शिर्षक अन्तर्गत नेपाल सरकारको पुनःनिर्माण प्राधिकरण (शिक्षातर्फ) केन्द्रीय कार्यान्वयन इकाईको अनुदानमा निर्माण गरिएको श्रमिक शान्तिको नयाँ भवनको सामाजिक परिक्षण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको ५ लाख १४ हजार ५सय ३३ रुपैयाँ र नेपाल सरकारबाट प्राप्त ६३ लाख २० हजार २०० रुपैयाँ अनुदान सहयोगगरि ६८ लाख ३४ हजार रुपैयाँको लागतमा साढें २ तल्ले ४ कोठे पक्कि भवन बनाइएको हो ।

shramik
सो नयाँ भवनमा यसै वर्षदेखि प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषदबाट सम्वन्धन लिएर ३ वर्षे सिभिल इन्जिनियरिंग विषयको प्राविधिक पढाई शुरु गरिएको छ ।

नवनिर्मित इन्जिनियरिंग भवनको हिसावकिताव सार्वजनिक गर्ने उद्धेश्यले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र युरोपियन युनियनको सहयोगमा सोमबार सो विद्यालयको सामाजिक परिक्षण गरिएको हो ।

कार्यक्रममा पाटन मावि स्रोत केन्द्रका स्रोत व्यक्ति सत्य नारायण महर्जनले सार्वजनिक महत्वको हरेक निर्माण कार्यको सामाजिक परिक्षण गर्दा हिसाव किताव पारदर्शिता मात्रै नभई स्थानीय समाजले पनि आफ्नोपन महशुस गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यन्जनकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकार, सहायक प्रधानाध्यापक पवन विक्रम कार्की, शिक्षक महेश्वर केसी र ट्रान्परेन्सी इन्टरनेशनल नेपालकी वरिष्ठ कार्यक्रम अधिकृत बबिता शर्माले विद्यालयले पारदर्शिरुपमा नवनिर्मित विद्यालय भवनको हिसाव किताव राखेकोमा प्रशंसा गरे ।

वि.सं २०१२ सालमा स्थापित ललितपुरकै पुरानो विद्यालय मध्येको सो विद्यालयमा हाल १२ कक्षासम्म एकहजारभन्दा बढी विद्यार्थी अध्यनरत छन भने पहिलोपटक प्राविधिक शिक्षा तर्फ ३ वर्षे सिभिल इन्जिनियरिंग विषयको प्राविधिक विषय अध्यापन समेत शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारले बताए ।

Loading...

Leave a Reply