भक्तपुर ।

युवा गजलकार तथा पत्रकार बिकास प्रहरको गजल एल्बम “त्यो प्रहर” चाँडै बजारमा अाउने भएको छ।

गजलको बिकास र बिस्तारमा लागि परेका प्रहरको चारवटा एकल गजल साँझ अायोजना भै सकेका छन्।

अहिले गजल संस्था अनाममण्डलीको सचिब र रचनात्मक साहित्यिक समूहका अध्यक्ष समेत रहेका गजल बिकासको अभियान अन्तर्गत बिद्यालय र कलेजहरूमा गजल प्रक्षिक्षण दिँदै अाएका छन्।

अाफ्नो संस्था मार्फत अन्तर्राष्ट्रिय गजल महोत्सव, राष्ट्रिय गजल महोत्सव र भक्तपुर विशेष गजल महोत्सबको पनि अायोजना गरिसकेका छन्। बिकास प्रहरको गजलहरू सांगीतिक रुपमा पनि बजारमा अाईसकेका छन्।

राजसागरको गजल एल्वम अझै बाँकीमा समाबेस भएको सांगीतिक गजल “बौलाएँ म” ले निकै चर्चा कमाएको थियो।

राज सागरकै स्वरमा अर्को सांगीतिक गजल “नजर जाली तिम्रो”को म्युजिक भिडियोको बनिरहेको बिकास प्रहरले जानकारी दिए।उनले ” हाँसी हाँसी जिन्दगी यो” र” निसासिन्छ किन किन” गजल रेकर्डिङ्ग भैरहेको पनि बताए।

उनले “त्यो प्रहर” नाम रहने एल्वममा ५ वटा गजल समाबेस हुने जानकारी दिए।

Loading...

Leave a Reply