नेकको स्थलगत निरिक्षण एकतर्फी
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित नेपाल इन्जिनियरिङ कलेजमा विद्यमान विवाद समाधानका लागि बनाईएको उपसमितिले कलेजको निरिक्षण गरेको छ ।
हाल विवाद रहेको विषयको सम्वन्धमा कलेजको निरिक्षण भएपनि एक पक्षलाई भने यस विषयमा जानकारी समेत नभएको उनीहरु बताउँछन् ।
७ सदसिय संचालक समिति रहेको नेकमा हाल २ जना विवाद श्रृजना गर्नेहरुलाई मात्र जानकारी गराएर उपसमितिका पदाधिकारीहरु कलेज गएको अरु ५ जना बताउँछन् ।
हामी पनि यस कलेजका संस्थापक एवं सेयर धनी हौ हामी विचको विवादको समाधानका लागि हामीलाई पनि उपसमितिले कलेजको निरिक्षणमा जाँदा बोलाउनु पर्ने थाहा पत्तो नै दिएनन् तै पनि ठिक छ यसमा विवाद गर्नु पर्ने केहि छैन उनीहरुले निस्पक्ष भएर काम गरि दिए पुग्छ उनीहरु बताउँछन् ।
कलेज हामी ७ जनाकै हो हामी विचको विवाद त हो यसमा कुनै दुविदा छैन् तर हामीलाई नै बाईपास गर्दै २ जनाले उपसमितिका पदाधिकारीहरुलाई कलेज घुमाउँदा यसमा दालमा कुच काला नहोस् भन्ने हाम्रो धारण भएको उनीहरुको भनाइ थियो ।
नेकको निजी वा समाजिक के हो भन्ने विवाद अध्ययान गरि सिफारिस गर्न बनेको उपसमितिले आइतवार नेकको स्थालगत निरिक्षण गर्यो उक्त निरिक्षणमा आधिकारिक ५ जना सदस्यहरुलाई सूचना दिईएन र गैर कानूनी रुपमा कलेज कब्जा गरी बसेका निस्कासित शिक्षक हरि श्रेष्ठ तथा निस्कासित टिचर हरु दिपक धामी बाबुराम भट्टराई र चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र जसले समितिमा उजुरी गरेका थिए ।
जो आफूलाई कलेजका संचालक बताउँछन् । तर कुनै पनि कानूनीहकमा उनी संचालक हैनन् । उनीहरुलाई उप समितिका सदस्यहरुले भेटघाट गरेका छन् । यो आवश्यकता भन्दा वाहिरको कुरा भएको अरु संचालको भनाई छ । निज अवैधानीक ब्यक्तिहरु सँग संसदिय समितिमा नै उनीहरुको सवै कुरा बुझी सकेपनि निजहरुसँग कलेजबाट के पाइन्छ भनी कलेज निरिक्षण गरेको हो थाहा नभएको उनीहरु बताउँछन् ।
सरसरी हेर्दा नेकको वास्तविकता बारेमा वुझन नखोजी अवास्तविक डाटाहरु तथ्यहरु संकलन गर्न खोजियको हो भन्ने हामीलाई लागेको छ ।
नेक २०५१ सालमा स्थापित निजी कलेज हो । २०६० सालमा दर्ता गरिएको भनेको संस्था छुट्टै संस्था हो । २५ वर्ष सम्म संञ्चालकहरुलाई निजी कलेज र गाउँलेहरुलाई सामाजिक कलेज भनी गाउँलेहरुलाई झुक्काई हिडेको दिपक भट्टराई आज सांसदलाई पनि सोही रुपमा झुक्काउँदै छन् उनीहरुको आरोप रहेको छ । निजी स्वामित्वको सम्पत्ती सामाजिक संस्थालाई दान दिदाँ परिवारका सदस्यहरुको समेत रोहवरमा हस्ताक्षर गरि सो को प्रमुख जिल्ला अधिकारीबाट सनाखत समेत हुनु पर्दछ । यि सवै कुरा कुनै पनि नभई आफैले गित गाएर निजी संस्था भन्ने र सामाजिक भन्ने दिपक जीको अभियानमा कहि उप समितिको संलग्नता समेत छैन भन्ने आशंका उव्जेको छ ।
कलेजको विवादको सम्वन्धमा सत्य तथ्य जानकारीको अपेक्षा रहेको अरु संचालकको भनाई रहेको छ ।
नेक विवादको चुरो कुरो भनेको नै २०६०सालमा दर्ता भएको भनिएको सामाजिक संस्था हो ।
२०६० सालमा दर्ता भएको भनियको संस्थाको हाल सम्म सामाजिक कलज हो भन्नेहरुले सक्कल दर्ता प्रमाणपत्र र सक्कल विद्यान हाल सम्म पेश गर्न सकेका छैनन् ।
यस्तै संस्था दर्ता भई सकेपछि भक्तपुर मालपोत कार्यालय मार्फत खरिद भएका जमिन किन उक्त संस्थाको नाममा खरिद गरियन त पुन किन नेकको नाममा नै खरिद गरियो त भन्ने विषय गौण रहेको छ ।
यदि यो सामाजिक संस्थाका रुपमा नै स्थापन भएको कलेज हो भने सामाजिक संस्था दर्ता पछि नै यस कलेजको सम्वन्धन पोखरा विश्वविद्यालयबाट किन सामाजिक संस्थाको नाममा सम्वन्धन लिईएन ।
यदि सामाजिकि संस्थाका रुपमा नै यो कलेज संचालन हुँदै आएको हो भने भक्तपुरको अर्को इन्जिनियरिङ कलेजको भन्दा १ सय प्रतिशत बढिमा किन यसमा पढाई भई रहेको छ ।
सामाजिक संस्था गैर नाफा मुखि कलेज नै हो भने विगत १५ वर्ष देखि संस्था नविकरण समेत नगर्ने तर अव एक्कासी संस्थै खारेज भइ सकेपछि किन विवाद ।
नेक घाटामा रहँदा आफूले संचालन गर्न सक्दीन भन्दै राजिनामा दिएर भागेका हरु किन फेरी नाफामा गएपछि कलेज कव्जा गर्न आए ।
कलेजको नाममा तत्कालिन चाँगुनारायण गाविसले उपलब्ध गराएको जमिन तात्कालिन अवस्थामा कस्तो प्रकृतिको हो र कति मूल्य बराबरको हो ।
हाल उक्त जमिन बिर अस्पतालको नाममा गएपछि जमिन फिर्ता गर्न किन एक पक्ष लागि पर्यो भन्ने विषयमा अध्ययन गर्नु पर्ने देखिन्छ ।
कलजमा अध्ययन रत २२०० विद्यार्थीको भविश्यमाथी गरिएको कुठाराघात र विवादका कारण उनीहरुको सर्टिफिकेट बजारमा अवमूल्यन हुन् बाट जोगाउन पनि शिक्षा समितिले अध्ययन थाल्नु पर्ने देखिन्छ ।
Loading...

Leave a Reply