एचआइभीबाट रुपन्देहीमा ३ सय बढीको मृत्यु

रुपन्देही- रुपन्देही जिल्लामा एचआइभीका कारण १० वर्षमा ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ। ३१ औं विश्व एड्स दिवसको पूर्व सन्ध्यामा सार्वजनिक तथ्यांक अनुसार जिल्लामा अझै २२ सय एचआइभी संक्रमित रहेको अनुमान छ।

संक्रमतिमध्ये एक हजार ९८ जनाले लुम्बिनी अञ्चल अस्पतालमा दर्ता भई नियमित औषधि सेवन गरिरहेको एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ)का क्षेत्रिय संयोजक धर्मराज भट्राईले बताए।

उनका अनुसार रुपन्देहीका ७ सय ९७ र बुटवलका ३ सय १७ जना रहेका छन्। ती मध्ये ८३ जना बालबालिका रहेका छन्। एचआइभी संक्रमितमध्ये जिल्लामा सन् २००८ देखि हालसम्म ३ सय भन्दा बढीको मृत्यु भएको हो।

दिवसका अवसरमा शनिबार बुटवल उपमहानगरपालिका नगर एड्स समन्वय समितिले सचेतना कार्यक्रम गर्ने भएको छ। प्रदेश समाजीक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय लगायतका १४ वटा संस्थाले सचेतना र्याली र विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएका छन्।

प्रदेश अन्तर्गतका सबै जिल्लामा समेत चेतनामुलक कार्यक्रम हुने स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका प्रमुख डा बिनोद गिरीले सन् २०२० सम्म ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरुमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुने लक्ष्यलाई प्राप्त गर्ने गरि काम गर्ने बताए।

बुटवल नगरपालिकाले संक्रमितलाई सहायता र जीविकोपार्जनका लागि समेत टेवा पुग्ने गरि कार्यक्रम बनाउन लागिएको नगर प्रमुख शिबराज सुबेदीले बताए।

Source link

Loading...

Leave a Reply