भक्तपुर । विश्व एड्स दिवस २०१८ को अवसरमा राजधानीको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले शनिबार भक्तपुरको दरवार क्षेत्र र न्यातापोल मन्दीर परिसरमा चित्रकला प्रदर्शनी र सांगितिक कार्यक्रमको आयोजना गरे ।

एचआइभि एड्स लाग्ने कारण, यसबाट बच्ने तरीका, उपचारका विधि तथा एचआइभि एड्स लागेपछिको सामाजिक व्यवहारका बारे विद्यार्थीहरुले चित्रकला र गतीसंगीत मार्फत चित्रण गरेका थिए ।

कलेजका उपप्राचार्य श्रीकृष्ण विष्ट तथा प्रशासन विभाग प्रमुख ऋतु न्यौपानेको नेतृत्वमा ती विद्यार्थीहरुले सन्देशमुलक प्लेकार्ड, व्यानर र आफुले बनाएका चित्रहरु बेकेर भक्तपुर नगरको परिक्रमा पनि गरेका थिए ।

यसवर्ष विश्व एड्स दिवसको नारा नो योर स्टाटस अर्थात ‘आफ्नो अवस्थाबारे बुझ’ भन्ने थियो ।

।।।

Loading...

Leave a Reply