भक्तपुर । नवाकोटकी लोममाया तामाङ बचाउन लोममाया बचाउ अभियानकी अभियन्ता बबिता योन्जनले आवहान गर्नुभएको छ ।
भक्तपुरमा अयोजित पत्रकार सम्मेलनमा उहाँले नुवाकोट जिल्लाकी सामाजिक अभियन्ता लोममाया तामाङ बचाउन आवहान गर्नुभएको हो ।
काठमाण्डौंको ग्राण्डी अस्पतलमा उपचार गराई रहनुभएकी लोममायालाई स्पाईनल काइसोसिस भएको छ । उहाँको हाल कम्वर मुनी चल्न छोडेको छ । विश्वमा नै कम मानिसमा देखिने यो समस्याको नेपालमा ग्राण्डी अस्पतालमा मात्र उपचार गर्न सकिने योन्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार लोममायाको उपचारको क्रममा उहाँको अपरेसन भने सफल भएपनि उहाँको थप उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गरेको जनाउनुभएको छ ।
लोममाया आफैमा शारीरिक अपांग भएपनि उहाँ अपांगता भएकाहरुको सहयोगार्थ विभिन्न स्थानमा आफै लागि पर्नु भएको थियो । भुकम्पको समयमा विभिन्न जिल्लामा सहयोग गर्न जानुहुँदा उहाँलाई यो रोगले अझ च्यापेको थियो । नेपालको विभिन्न अस्पतालमा उपचारको लागि धाउदा पनि केहि नभएपछि उहाँ हाल ग्राण्डीमा उपचार गराई राख्नु भएको छ । आर्थिक अवस्था कमजोर हुनु भएकी तामाङ हाल ग्राण्डी अस्पतालको आईसियूमा रहनु भएको छ ।
समाजसास्त्रमा एम ए गर्नु भएकी लोममाया अपांगता भएका ब्यक्तिहरुको सहयोग जुटाउन तथा उनीहरुको वृद्दि विकासमा योगदान गर्दै आउनु भएकी सामाजिक अभियन्ता हुनुहुन्छ ।
लोममाया जस्ता समस्या भएका नेपाली दाजुभाइ दिदी वहिनीहरुको सहयोग केहि ब्यक्तिले मात्र गरेर सम्भाव नभएको तामाङ चलचित्र संघका अध्यक्ष एवं समाजसेवी विकु थोकरले बताउनुभयो ।
उहाँले लोममायाको उपचारमा सहयोग गर्नहुन् याचना गर्दै आफूले पनि सहयोग गर्ने बाचा गर्नुभयो । विभिन्न रोगी पिडितहरुको सायोग गर्दै आउनुभएका थोकरले आफ्नो कमाईको ६५ प्रतिशत पैसा लोममाया जस्तै पिडितहरु तथा गरिव अनाथ बालवालिकाको पठन पाठनमा खर्च गर्दै आउनुभएको छ । न्जनले हाल सम्म ४ जना आर्थिक अभाव भएर उपचार गराउन नसकेको पिडितको सहयोग अभियान सञ्चालन गरि सक्नु भएकी छ ।

Loading...

Leave a Reply