मोरङको लेटाङमा नेफ्स्कून सम्पर्क कार्यालय सञ्चालन

नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरी अन्तरगत मोरङको लेटाङमा २०७५ मंसिर १७ गतेदेखि नेफ्स्कून सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।

लेटाङ आसपासका साकोस तथा विभिन्न निकायबाट सहभागी हुनुभएका ७५ जना व्यक्तित्वहरुको उपस्थिति सहित कार्यालयको औपचारिक उद्घाटन नेफ्स्कूनका कोषाध्यक्ष केशब प्रसाद पोख्रेलले गर्नुभएको थियो ।

नेफ्स्कून सञ्चालक तथा फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका कोषाध्यक्ष केशवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता सहित नेफ्स्कून संचालक द्वय घनश्याम अधिकारी, चन्द्राकुमारी खड्का र प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको विशेष उपस्थिति रहेको थियो ।

 

उद्घाटन समारोहमा जिल्ला बचत संघ मोरङ अध्यक्ष हरीप्रसाद सुवेदी, लेटाङ नगरपालिका वडा नं. २ का अध्यक्ष तेजप्रसाद तिम्सिना, वडा नं. ३ का अध्यक्ष देवराज चाम्लीङ, वडा नं. ४ का अध्यक्ष सन्तोष कार्की, अग्रज व्यक्तित्व तथा जिल्ला बचत संघ मोरङका संथापक अध्यक्ष चन्द्रप्रसाद गौतम, इलाका प्रहरी कार्यालय प्रमुख योगराज खतिवडा, विभिन्न सञ्चार माध्यमका पत्रकारहरु, नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति सदस्य प्रेमप्रकाश कोइराला, अर्जुनराज अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

उद्घाटन सत्र समापनका क्रममा सञ्चालक नेपालले उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद सहित यो सुरुवात मात्र भएको र यसलाई सफल बनाउन सकियो भने आगामी दिनमा अरु क्षेत्रमा पनि कार्यालय विस्तार मार्फत सेवा प्रदान गर्न सकिने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सञ्चालन नेफ्स्कून फिल्ड कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले र व्यवस्थापन सहयोग सुनसरी र झापा फिल्ड कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply