गुणस्तरीय वित्तीय सेवा अभिबृद्धिमा व्यवस्थापकहरुको चासो

साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्वि तालिम मोरङको लेटाङमा मंगलबार सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजनामा सम्पन्न त्रि दिवसिय तालिममा प्रोबेशन र एक्सेस कार्यक्रममा आबद्ध २६ वटा साकोसबाट व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेतृत्व विकास, साकोस सञ्चालनमा व्यवस्थापकको भूमिका, वित्तीय अनुपात विश्लेषण लगायतका विषयहरु समावेश थिए ।

तालिममा सहभागी जनएकता साकोसका व्यवस्थापक पवित्रा खतिवडाले अनुभव सुनाउने क्रममा भन्नुभयो, “तालिमले अहिलेसम्म हामीले बुझ्नुपर्ने विभिन्न प्राविधिक र सैद्धान्तिक विषयहरुलाई प्रष्ट पारेको छ र साकोसको दिगो विकासको लागि यो तालिमले अझै सहयोग   गर्नेछ“ ।

मंसिर १६ देखि १८ सम्म सञ्चालित तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र कार्यक्रम अधिकृत केशव प्रसाद दाहालले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply