मकवानपुरमा नेफ्स्कून आबद्धता अभिमुखिकरण

नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा मकवानपुरमा सञ्चालित बचत तथा ऋण सहकारीहरु संस्थाहरुलाई लक्षित गरी अन्तरक्रियात्मक अभिमुखिकरण मंसिर १७ गते सम्पन्न भएको छ ।

मकवानपुर फिल्ड ब्यवस्थापन उपसमिति सदस्य कल्पना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हालसम्म नेफ्स्कूनमा आबद्ध नभएका बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई सहभागी गराई संघ आवद्धता, साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रम मार्फत संस्थाको दीगो विकास, जोखिम व्यवस्थापन, तालिम तथा सहकारी शिक्षाको आवश्यकता सम्बन्धमा जानकारी गराईएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सचिन भट्टराईको प्रस्तुतीकरण रहेको उक्त कार्यक्रममा ४२ वटा गैर सदस्य संस्था तथा १ वटा सदस्य संस्थाबाट गरि ५८ जना सहकारी प्रतिनिधिहरुको सहभागिता रहको थियो । उपस्थित सम्पूर्ण साकोस प्रतिनिधिहरुबाट सकरात्मक प्रतिक्रिया सहित नेफ्स्कून आवद्धताका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो ।

Source link

Loading...

Leave a Reply