काठमाडौं । सिनामंगलस्थित वरिष्ठ क्याप्टेन पाइलट वेद उप्रेतीद्वारा सञ्चालित एभिएसन म्युजियम अर्थात हवाई उड्डयन संग्रहालयमा महालक्ष्मी नगरपालिका टिकाथलीको इन्श्राइन नेशनल इंगलिस सेकेडेण्री स्कूलका १५० जना विद्यार्थीले अवलोकन भ्रमण गरेका छन् ।

विद्यालय सञ्चालक समितिका संस्थापक अध्यक्ष रोशन राना तथा संस्थापक प्रिन्सिपल सत्यवती राना थापाको नेतृत्वमा विद्यालयका ५ देखि १० कक्षासम्मका विद्यार्थी लगिएको थियो । विद्यार्थीहरुले म्युजियम सञ्चालक वरिष्ठ क्याप्टेन पाइलट उप्रेतीसंग हवाई उडड्यनका विविध पक्षबारे अन्तरसंवाद गरि हवाई उड्डयनका विविध पक्षबारे थुप्रै जानकारी लिएका थिए ।

पछिल्लो समयमा संग्रहालयमा राखिएको मुख्य हवाईजहाजलाई आकाश भैरवको आकृति ढालिएको छ ।

Loading...

Leave a Reply