काठमाडौं । चेल्सी इन्टरनेशनल एकेडेमी अन्तर्गतको विद्यासंस्कार स्कूल लाखेचौरमार्ग मध्यबानेश्वरले यही पुस ७ गते एकदिने छैठौं विद्यासंस्कार अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले यसअघि ५ वटा शिक्षक फुटसल सफलतापूर्वक आयोजना गरिसकेको छ ।

बानेश्वर रिक्रियसन सेन्टरको फुटसलमा आयोजना हुने सो प्रतियोगितामा आयोजक विद्यालयका शिक्षक टोली सहित एक दर्जन विद्यालयका शिक्षकहरुले भाग लिने विद्या संस्कार स्कुलका खेलकूद विभाग प्रमुख राजन न्यौपानेले बताए ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २० हजार, ट्रफि, पदक र प्रमणपत्र तथा दोस्रो हुने टिमलाई नगद १० हजार ट्रफि, पदक र प्रमाणपत्र दिइने पनि खेलकूद प्रमुख न्यौपानेले बताए । साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, बढी गोलकर्ता र एकजना उत्प्रेरक खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुबीच भाइचारा कायम गर्दै पुर्नताजगी बनाउने उद्धेश्यले शिक्षकहरुबीच फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको विख संस्कार स्कुलको शैक्षिक तथा प्रशासन प्रमुख प्रणय मोक्तानले बताए ।

Loading...

Leave a Reply