जिल्ला बचत संघ दाङको अध्यक्षमा रुपबहादुर खत्री निर्वाचित

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङको अध्यक्षमा रुप बहादुर खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।

२०७५ मंसिर १ गते सम्पन्न १२ औं साधारणसभा तथा चौंथो अधिबेशनबाट रुपबहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा हुमा डी.सी., सचिव बिमल अधिकारी, कोषाध्यक्ष शिवध्वज मल्ल, सदस्यहरु कुमार राज श्रेष्ठ, दुर्गा प्रसाद भण्डारी, भगवता शर्मा, रामकृष्ण आचार्य, ध्रुब पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसै गरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा शेषमणि रिजाल, सदस्यमा शालिकराम रजौरे र गिरिराज शर्मा निर्वाचित हुनु भएको छ ।

Source link

Loading...

Leave a Reply