सुर्खेत  र कञ्चनपुरमा  प्रोबेशन कार्यकुशतला तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

जनजागरण साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा पुर्ण तथा ब्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) भेरी कर्णाली क्लष्टर दोश्रोको दोश्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन (PALM) कार्यशाला पौष २१ गते गुर्भाकोट नगरपालिका दहचौर सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागी अतिथिहरुले नेफ्स्कूनद्वारा सञ्चालित प्रोबेशन कार्यक्रमले साकोसहरुको बृद्धि विकास साथै सुशासनमा चल्नका लागि आवश्यक मार्गनिर्देश गरेको बताउनुभयो ।

पिपलबोट साकोस विरेन्द्रनगर, जनउत्थान साकोस दशरथपुर, विरेन्द्रनगर साकोस विरेन्द्रनगर, कृषक पे्ररणा साकोस विरेन्द्रनगर, महिला समाज सेवा साकोस कोहलपुर, माता बागेश्वरी साकोस नेपालगञ्ज, ग्रामीण जागरण साकोस विरेन्द्रनगर, नमूना साकोस सुर्खेत, जनजागरण साकोस दहचौरका व्यवस्थापक, अध्यक्ष, कार्यदल संयोजक लगायत अन्य सदस्यहरु गरी जम्मा ३४ जनाको उपस्थिति रहेको थियो ।

कार्यशालामा देखिएका र सुधारगर्नुपर्ने पक्षहरु आगामी कार्यशाला सञ्चालन अवधिभित्र सुधार गरी आउने प्रतिवद्धता सहभागी साकोस प्रतिनिधिहरुले व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहजिकरण संघका कार्यक्रम अधिकृत सचिन भट्टराईले गर्नु भएको थियो ।

त्यसैगरी सेती महाकाली क्लष्टरको पुर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) दोश्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन (PALM) कार्यशाला पौष १४ गते कञ्चनपुरमा सम्पन्न भएको छ ।

कञ्चन झलारी साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यशालामा सृजना साकोस, जनता साकोस, युवा साकोस, जनज्योती साकोस, सिर्जनशील साकोस, प्रभात साकोस, हाम्रो मध्यवर्ती साकोस, बर्दिया र कञ्चन झलारी साकोस कञ्चनपुरका व्यवस्थापक, अध्यक्ष, कार्यदल संयोजक लगायत अन्य सदस्यहरु गरी ३७ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले साकोसमा देखिएका बिषयगत कमजोरीहरु निरन्तर सुधार गर्र्दै जानुका साथै समग्र रुपमा देखिएको निक्षेप अभावलाई आगामी ३ महिना भित्र व्यवस्थापन गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सचिन भट्टराईले गर्नु भएको थियो ।

Source link

Loading...

Leave a Reply